- + 977 98-1045-9444
- communications@bikalpa.org
- SUN – FRI 10:00 – 17:00
Bikalpa Video Contest
वर्तमान समयमा सिटी रिक्सा तराईका सहरहरूमा लाखौँ मानिसहरूको निम्ति आम्दानीको स्रोत र जीवन गुजाराको साधन बन्न पुगेको छ l स्वदेशमा रोजगारीको अवसरको कमीको कारण धेरै नेपालीहरू रोजगारीको अवसर खोज्न विदेशिने पर्ने अवस्थालाई सिटी रिक्साले केही हदसम्म कम गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नको निम्ति सफल भएको छ l सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसले लाखौँ यात्रुहरूलाई सस्तो र सुलभ रूपमा सेवा दिएर उनीहरूको समय र पैसा बचाउन सहयोग पुर्याएको छ l त्यति मात्र नभएर यसले न्यून आय भएका धेरै मानिसहरूलाई स्वरोजगार र मालिक बन्ने अवसर प्रदान गरेको छ, जसले उनीहरूको आत्म सम्मान र स्वाभिमानलाई समेत माथि उठाउन सहयोग पुर्याएको छ।
यसै कुरा लाई मध्यनजर गर्दै विकल्प-एन अल्टरनेटिभले यस भिडियो प्रतियोगिता संचालन गर्न लागेको कुरा यहाँ समक्ष जानकारी गराउन चाहन्छौ l यस भिडियो प्रतियोगिता मार्फत नेपाली समाजमा ई-रिक्साले पुर्याएको योगदान उजागर गरिसचेतना जगाउने रहेको छ l
कार्यक्रमको उदेश्य:
• नेपाली समाजमा ई-रिक्साको योगदान बिषयमा जनचेतना जगाउन
• युवाहरुलाई ई-रिक्साको योगदानको छलफलमा सहभागी गराउन
कार्यक्रम
• भिडियो प्रतियोगिता
• शीर्षक: “नेपाली समाजमा ई-रिक्साको योगदान”, ”Role of E-rickshaw in Nepalese Society”.
• स्थान: अनलाइन
प्रतियोगिताका नियमहरु:
• भिडियो ४ मिनेटको हुनुपर्ने छ l
• भिडियो विषयको सेरोफेरोमा हुनुपर्ने छ l
• प्रतियोगीले मोबाइल तथा क्यामेरा जुनसुकै माध्यमबाट भिडियो पठाउन सक्नेछन् l
• एकजना प्रतियोगीले एउटा मात्र भिडियो पठाउन सक्नेछन् l
• सहभागीले एक्लै अथवा समुहमा भिडियो बनाएर पठाउन सक्नेछन् l
• सहभागीले नेपाली अथवा मैथली भाषामा भिडियो बनाएर पठाउन सक्नेछन् l
• भिडियो पठाउने मिति: २०८२ साल मंसिर १७ गते देखि पौष २ गतेको ४ बजे सम्म
• २०८२ साल पौष १३ गतेको ४ बजे सम्मको Like, Views, and Share लाइ मान्यता दिइने छ l
• प्रतियोगिताको रिजल्ट पौष २३ गते घोषणा गरिनेछ l
• भिडियो पठाउँदा आफ्नो नाम, उमेर, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्ने छ l
• भिडियो Drive मा upload गरि Drive को link इमेल pawankafle39@gmail.com अथवा WhatsApp नंम्बर (९८६२९३६९४०/९८१७३८९७०४) मा पठाउनु पर्ने छ l
बिजेता छनौट गरिने आधारहरु
• बिषयबस्तु (५० अंक)
• नबिन सोच र सृजनशीलता (२० अंक)
• Visibility- Like, Views, and Share (२० अंक)
• Video length (१० अंक)
Note: अटो लाइक र फेक इन्गेजमेन्ट प्रयोग गरेमा भिडियोलाई हटाइने छ l
पुरस्कार तथा प्रमाणपत्र
• पुरस्कार राशी ६०,०००/- रुपैया बराबरको हुनेछ
• प्रथम पुरस्कार – २५,००० नगद तथा सर्टिफिकेट
• दितिय पुरस्कार – १८,००० नगद तथा सर्टिफिकेट
• तृतीय पुरस्कार – १०,००० नगद तथा सर्टिफिकेट
• चौथो पुरस्कार- ७,००० तथा सर्टिफिकेट