जवाफदेही समाज निर्माण गर्न तथा आम नेपाली नागरिकहरु बीच सचेतना जगाउन हेतुले विकल्प-एन अल्टरनेटिभले एकाउन्टिबिलिटि ल्याब तथा बिकल्प फेलोजको सहकार्यमा जवाफदेहिता भिडियो प्रतियोगिता संचालन गर्न लागेको कुरा यहाँ समक्ष जानकारी गराउन चाहन्छौ l यस कार्यक्रमको उदेश्य भिडियो मार्फत समाजमा रहेका जवाफदेहिता मुद्दाहरूलाई प्रकाशमा ल्याई सर्वसाधारणहरूमा सचेतना जगाउने तथा सेवा प्रदायक व्यक्ति तथा संस्थाहरुलाई जवाफदेही बनाउनको निम्ति दबाब दिने रहेको छ l

कार्यक्रमको उदेश्य:
• नेपाली समाजमा जवाफदेहिताको बिषयमा बहस र जनचेतना जगाउन
• जवाफदेहिता प्रवर्धन गर्नको निम्ति नागरिकहरुलाई उत्प्रेरित गर्न
• युवाहरुलाई जवाफदेहिताको बहस तथा छलफलमा सहभागी गराउन
• प्रबिधि र सृजनशिलाताको मार्फत जवाफदेहिता प्रवर्धन गर्न

कार्यक्रम
• जवाफदेहिता भिडियो प्रतियोगिता
• शीर्षक: “जवाफदेहिता प्रबर्धनमा नागरिकहरुको भूमिका”
• स्थान: अनलाइन

प्रतियोगिताका नियमहरु:
• भिडियो ३ मिनेट भित्रको हुनुपर्ने छ l
• भिडियो बिषयको सेरोफेरोमा हुनुपर्ने छ l
• प्रतियोगीले मोबाइल तथा क्यामेरा दुवै माध्यमबाट भिडियो पठाउन सक्नेछन् l
• एकजना प्रतियोगीले एउटा मात्र भिडियो पठाउन सक्ने छन् l
• सहभागीले एक्लै अथावा समुहमा भिडियो बनाएर पठाउन सक्नेछन l
• भिडियो पठाउने मिति: २०८२ साल जेस्ठ २३ गते देखि २९ गतेको ४ बजे सम्म
• २०८२ साल अषार ३ गतेको ४ बजे सम्मको लाइ मान्यता दिइने छ
• प्रतियोगिताको रिजल्ट अषाढ १३ गते घोषणा गरिनेछ l
• भिडियो पठाउदा आफ्नो नाम, उमेर, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्ने छ l
• भिडियो इमेल ranu@bikalpa.org अथवा WhatsApp नुम्बर ( ९८६२९३६९४०/९८१७३८९७०४) मा पठाउनु पर्ने छ l

बिजेता छनौट गरिने आधारहरु
• बिषयबस्तु
• नबिन सोच र सृजनशिलता
• Like, Views and Share
• अटो लाइक र फेक इन्गेजमेन्ट प्रयोग गरेमा भिडियोलाइ हटाइने छ l

पुरस्कार तथा प्रमाणपत्र
• पुरस्कार रासी ३७,५००/- रुपैया बराबरको हुनेछ
• प्रथम पुरस्कार – १५००० नगद तथा सर्टिफिकेट
• दितिय पुरस्कार – १०००० नगद तथा सर्टिफिकेट
• तृतीय पुरस्कार – ७५०० नगद तथा सर्टिफिकेट
• चौथो पुरस्कार- ५००० तथा सर्टिफिकेट

Video Contest 2025

भिडियो पठाउने मिति: २०८२ साल जेष्ठ २३ गते देखि २९ गतेको ४ बजे सम्म

२०८२ साल अषाढ ३ गतेको ४ बजे सम्मको Like, Views र Share लाइ मान्यता दिइने छ l

प्रतियोगिताको नतिजा अषाढ १३ गते घोषणा गरिनेछ l